काठमाडौं - नेकपा (एमाले) महोत्तरीका नेता विक्रम चौधरी पार्टी परित्याग गरी लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् ।

लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरको निवासमा बुधबार आयोजित एक कार्यक्रमबीच चौधरी लोसपामा प्रवेश गरेका हुन् । 

नेता चौधरीलाई अध्यक्ष ठाकुरले पार्टीमा स्वागत गरेका थिए ।  २०७४ मा भएको उपनिर्वाचनमा पिप्रा गाउँपालिकाको अध्यक्षमा जितेका थिए ।