काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चितवनमा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्नेलाई स्वागत गरेका छन् ।

माओवादी प्रवेश गर्नेमा नेपाल समाजवादी पार्टी (नेसपा) का प्रदेश सदस्यद्वय दीपक घर्ती र चन्द्रबहादुर घर्ती, एमालेका गोपाल बस्नेत, प्रदीप पौडेल र सुशील पण्डित क्षेत्री, चुनबहादुर, कांग्रेसका अरुणकुमार चौधरी,  राप्रपाका चित्रबहादुर सोतीलगायत छन् ।

सोही अवसरमा भारतीय सेनाका पूर्वक्याप्टेन केबी गुरुङ पनि माओवादी केन्द्रमा प्रवेश गरेका थिए । अध्यक्ष दाहालले नवप्रवेशीहरुलाई स्वागत गर्दै सबैलाई यथोचित जिम्मेवारी दिन स्थानीय पार्टी नेतृत्वलाई निर्देशन दिए । उनले पार्टीले सुशासन, सामाजिक न्याय र समृद्धिका पक्षमा थालेको अभियानका कारण देशव्यापी जनाकर्षण बढेको दाबी गरे ।