काठमाडौं - लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले मधेस केन्द्रित राजनीतिक दलहरूसँग सहकार्य गर्न २ सदस्यीय समिति गठन गरेको छ।
लोसपाका अध्यक्ष महन्थ ठाकुरले वरिष्ठ सह अध्यक्ष सर्वेन्द्रनाथ शुक्ल र वरिष्ठ उपाध्यक्ष लक्ष्मणलाल कर्ण रहेको २ सदस्यीय समिति गठन गरेका छन्।
यसअघि लोसपाले कार्यगत एकता र पार्टी एकीकरणका लागि पार्टीका वरिष्ठ उपाध्यक्ष जितेन्द्र सोनलको संयोजकत्वमा गठित ५ सदस्यीय समितिलाई खारेज गरेको छ ।
लोसपाले मधेस केन्द्रित राजनीतिक दलहरूसँग कार्यगत एकतादेखि विचार मिल्ने पार्टी एकीकरणसम्मको सम्भावनाको खोजीका लागि छलफल अगाडि बढाउन समिति गठन गरेको हो ।


0 comment