काठमाडौं - पूर्वसभाखुम तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले सरकारले बेवास्था गरे आफूहरूले केही दिनमै विशेष अधिवेशन बोलाउने बताएका छन् ।
संसद्मा प्रतिनिधित्व गर्ने मध्ये २५ प्रतिशतले संसद् बोलाउन पाउने व्यवस्था संविधानमै भएको उल्लेख गर्दै पूर्वसभामुख विपक्षी दलहरूले त्यसको तयारी गरिरहेको समेत बताए ।उनले सातवटै प्रदेशमा विशेष अधिवेशन बोलाउने पनि सरकारलाई चेतावनी दिए ।
‘विपक्षी मोर्चाहरूको बैठक तपाईंहरूले सुनिरहनु भएको छ, उनले भने, ‘अब बानेश्वरमा ३२ जनाले आगो बाल्नेछन् ।’ सरकारले सदन छलेर अध्यादेश मार्फत धमाधम आफू खुशी कानुन संशोधन गरेको भन्दै विपक्षी दलहरु एक ठाउँमा उभिएका छन् ।


0 comment