काठमाडौं - प्रधानमन्त्री केपी ओलीले दुई साताभित्रै संसद खुल्ने बताएका छन् ।स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) को २५ औं स्थापना दिवसको अवसरमा आज(शुक्रबार) काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
अध्यादेश १५/२० दिनमा संसद्मा पेस भइसक्ने र दुई महिनाभित्र कानुनको रुप लिइसक्ने ओलीको भनाई थियो। उनले काम रोक्नका लागि नभए अगाडि बढाउनका लागि कानुन बनाउनु परेको बताए।
‘अहिले हामीले भर्खर कानुन अध्यादेशमार्फत ल्याएका छौं,‘अध्यादेशले शासन खोज्यो भने १५/२० दिनभित्रै संसद् आइसक्छ, उनले भने ‘संसद् आएको पहिलो दिन त्यहाँ पेस गर्छौं।’
उद्यमी व्यवसायीहरु अहिले तड्पिएका छन् भन्दै ओलीले विकासलाई अघि बढाउन, जनतालाई सेवा पुर्याउन र व्यवसायीका निम्ति कानूनहरु परिवर्तन गर्नुपर्ने आवश्यकताको चर्चा गरे ।
अधिकारको उपयोगको नाममा सभ्य समाजलाई पाच्य नहुने कुरा नबोल्न पनि प्रधानमन्त्री ओलीले सचेत गराए ।


0 comment