काठमाडौं - नेकपा एमालेबाट हालै निष्कासित भएका नेता भीम रावलले आफ्नो पार्टीको नाम सार्वजनिक गरेका छन् । उनले बिहीबार सामाजिक सञ्जालमा पार्टीको नाम र अवधारणापत्र सार्वजनिक गरेका हुन् । सार्वजनिक अवधारणापत्र अनुसार उनको पार्टीको नाम ‘मातृभूमि जागरण अभियान, नेपाल’ रहनेछ ।
अवधारणापत्र अनुसार वडा, पाकिला, प्रदेशदेखि केन्द्रसम्म संगठन निर्माण गर्ने हुनेछ । जुन तहको भेला हुन्छ, त्यही तहको समिति बन्ने र समितिमा १५ देखि २५ सदस्यीय रहने जानकारी उनले दिएका छन् ।५२ वर्षसम्म कम्युनिस्ट राजनीति गरेका रावल अहिले आफ्नै पार्टी भने गैरकम्युनिस्ट बनाउन खोज्दै छन् ।
एमालेले निष्कासन गर्ने बित्तिकै माधवकुमार नेतृत्वको एकीकृत समाजवादीले उनलाई पार्टीमा डाकेको थियो । नेतृत्वको लालसाले गर्दा पनि छुट्टीएर गएका कम्युनिस्ट नेताहरु अन्य पार्टीमा गएर दोस्रे वरियतामा बस्ने भन्दा पनि आफैं पहिलो व्यक्ति हुन खोज्छन् ।



0 comment