काठमाडौं - विपक्षी दलहरूको बैठकले संसद्को अधिवेशन बोलाउन माग गरेको छ । 

सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा आज बसेको विपक्षी दलको बैठकले संसद् छलेर अध्यादेशहरू ल्याएको भन्दै त्यसको विरोध समेत गरेको छ ।  

सरकारले नियमित बैठक नबोलाए विपक्षी दलहरूले विशेष अधिवेशन बोलाउन माग गर्नेसम्मको तयारी भएको माओवादी नेता वर्षमान पुनले जानकारी दिए ।