काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले वर्तमान सरकारको आयु धेरै नभएको दाबी गरेका छन् ।
प्रेस सेन्टर सिन्धुपाल्चोकले आज (मंगलबार) बिहान सुकुटेमा आयोजना गरेको पत्रकार भेटघाटमा पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले कांग्रेस–एमाले गठबन्धनको वर्तमान सरकार चाँडै ढल्ने दाबी गरेका हुन् ।
साथै अध्यक्ष दाहाले अहिलेको सरकार अप्राकृतिक भएको जनाउँदै यसलाई ढाल्न धेरै बल गर्नु नपर्ने बताएका हुन् ।अध्यक्ष दाहाल हिजो सुकुटे पुगेका हुन् । उनी प्रायः तनाव भयो भने अथवा पार्टी बैठकले गर्ने महत्वपूर्ण निर्णय अघि सुकुटे पुग्ने गरेका छन् ।
नेताहरूको कार्यविभाजन टुंग्याउन बुधबार माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ। पुस २१ र २३ गते बसेको केन्द्रीय समितिको छैटौं पूर्ण बैठकले नेताहरूको नयाँ कार्यविभाजन गर्ने निर्णय गरेको थियो।
विशेष गरी पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन लगायतका बाँकी नेताहरुको जिम्मेवारी तय गर्ने छ। पूर्वउपराष्ट्रपति भइसकेको ब्यक्ति पुनः राजनीतिमा सक्रिय भएको भन्दै केन्द्रीय समिति बैठकमा नेताहरूले आलोचना गर्दै आएका छन् ।


0 comment