काठमाडौं - २०८१ सालको एसईई परीक्षाको तालिका सार्वजनिक भएको छ ।
परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले सार्वजनिक गरेको तालिकामा एसईई परीक्षा चैत ७ गतेदेखि सुरु हुने उल्लेख छ ।
पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुने छ । उक्त दिन संस्कृत वेद विद्याश्रमतर्फ भने अनिवार्य संस्कृत र मदरासातर्फ अनिवार्य अरेविक भाषाको परीक्षा हुनेछ ।
दोस्रो दिन चैत ८ गते अनिवार्य नेपाली विषयको परीक्षा हुने छ ।



0 comment