काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेका विभिन्न ४ अध्यादेश जारी गरेका छन्।
राष्ट्रपतिले सोमबार जारी गरेका ४ अध्यादेशमा सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१, निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१ र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ रहेका छन्।
शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले ती अध्यादेश सिफारिस गरेको थियाे ।


0 comment