काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अध्यादेशमा आएको गैरआवासीय नेपालीलाई दिइने भिसाको प्रावधानप्रति असहमति जनाएका छन्।
संविधानको भाग २ मा सार्क मुलुक बाहिर रहेका नेपालीलाई दिइने नागरिकता गैरआवासीय नागरिकता हुने भनिएकाले गैरआवासीय नेपालीलाई भिसा दिने प्रावधान विल्कुल गलत भएको उनको तर्क थियो।
उनले यस्ता गम्भीर कुरामा सरकारले ध्यान दिनुपर्ने भन्दै एकातर्फ नागरिकता दिने भन्ने अर्कोतर्फ भिसा दिने कुरा मिल्छ? भनि प्रश्न गरे। सोमबार झापाको धुलाबारीमा पत्रकारहरूसँग कुरा गर्दै कांग्रेस महामन्त्री शर्माले उक्त प्रावधान संविधानको व्यवस्थासँग बाझिएको बताए।
आफ्नै पार्टी सम्मिलित सरकारको कार्यशैलीप्रति असन्तुष्ट देखिएका प्रतिनिधिसभा सदस्य समेत रहेका महामन्त्री खनालले धेरै कुरा भन्न लागेको तर संयम भएर प्रस्तुत भइरहेको बताए। नेपाली कांग्रेसलाई पछिल्लो समय प्रधानमन्त्री केपी ओलीको बोली र कार्यशैली त्यति मन परिरहेको छैन ।
प्रधानमन्त्री ओली सत्ता समीकरण विपरीत काम भन्दा कुरा बढी गर्दै हिडेका छन् भन्ने कांग्रेका उनी लगायतका काग्रेका नेताहरुको बुझाइछ ।अहिलेकै अवस्थामा प्रधानमन्त्री तथा मन्त्रीहरूले सच्चिनुपर्ने शर्माको भनाइ थियो।


0 comment