काठमाडौं - नेपाल प्रहरीका पूर्वप्रमुख सर्वेन्द्र खनालले नेकपा एमाले छाडेको घोषणा गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा आफ्नो राजनीतिक स्थितिबारे अन्यौलमा परेको महसुस गरेर कुनै पनि राजनीतिक पार्टीसँग आबद्ध नरहेको उल्लेख गरेका हुन् ।
आफू स्वतन्त्र रुपमा स्थानीय र राष्ट्रिय समस्या समाधानका लागि काम गरिरहेको उनले बताएका छन् ।
खनालले २६ औं प्रहरी प्रमुखका रुपमा २०७४ चैतदेखि २०७६ माघसम्म नेपाल प्रहरीको नेतृत्व गरेका थिए । ३० वर्षे सेवा अवधिका कारण अवकाश भएपछि उनी नेकपा एमालेमा प्रवेश गरेका थिए ।


0 comment