काठमाडौं – आज काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै नेकपा एमालेका पूर्व उपाध्यक्ष भीम रावलले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई निरंकुशताको सुत्रधार भएको आरोप लगाउनुभएको छ । केपी ओलीले जालझेल र धाँधली गरेर पार्टी र सरकारको नेतृत्व हत्याएको आरोप पनि नेता रावलले लगाउनुभयो ।
गुटगत राजनीतिलाई फूलाउने फलाउने मुख्य योजनाकार ओली भएको भन्दै रावलले उनको गलत कामको विरोध गर्नेलाई तेजोबध गर्ने गरेको पुरानो दृष्टान्त पेश गर्नुभएको हो ।
एमालेको पार्टी अधिवेशनको विभिन्न परिघटनाहरुलाई सार्वजनिक गर्दै नेता रावलले भन्नुभयो( गुट संचालन र षडयन्त्रको तानबुना बुनेर आफूलाई पार्टीमा होच्याउने र अपमानित गर्ने केपी ओलीले गरेका हुन् ।
नेता रावलले आफूलाई मुल राजनीतिक धारबाट अलग्याउने र उल्टै पार्टीको सम्पर्कमा नआएको भनेर गलत प्रचार गर्ने ओली प्रवृत्तीको आफूले डटेर सामना गरेको उल्लेख गर्नुभयो ।
केपी ओलीले झुठा कुरा गरेर पार्टीमा ओलीको विरुद्ध उमेद्वार दिँदा आफू कारवाहीमा परेको तर केपी ओली पटक पटक झलनाथ र माधवकुमार नेपालसँग चुनाव लडेको स्मरण गराउनुभयो ।


0 comment