काठमाडौं — एमालेले पार्टीबाट निस्कासन गरेपछि भीम रावलले पत्रकार सम्मेलन गरी केपी शर्मा ओलीको भण्डाफोर गर्ने भएका छन् । ओलीको भण्डाफोर गरेपछि नयाँ पार्टी खोल्ने तयारी थाल्ने स्रोतको भनाई छ ।
रावलनिकट स्रोतका अनुसार अब केही दिनभित्रै रावलले पत्रकार सम्मेलन गर्दैछन् । ‘पत्रकार सम्मेलनमा केपी ओलीले गरेको निर्णयबारे आफ्नो कुरा राख्नु हुन्छ ।त्यसपछि देशब्यापी अभियानमा निस्कने योजना छ,’ स्रोतले भन्यो
देश दौडाहाको मुख्य उद्देश्य नै नयाँ पार्टी बनाउनु रहने स्रोतको भनाइ छ । ‘हामीलाई कतिपयले माधव नेपालको पार्टीमा जान्छन् भन्ने चर्चा गरिरहेका छन् । तर, छुट्टै पार्टी बनाएर अगाडि बढ्ने सोंचमा उहाँ हुनुहुन्छ,’ स्रोतले भन्यो ।
एमालेभित्र भीम रावललाई काडाको रुपमा हेरेका पार्टी नेतृत्व केपी शर्मा ओलीले पार्टी अनुशासन भन्दै एमालेबाट रावललाई पाखा लगाएका हुन् । अहिले भीम रावललाई निष्कासन गरेपछि एमालेभित्र निकै खैलाबैला मच्चिइरहेको छ ।


0 comment