काठमाडौं — रास्वपाले रंगभेदी शब्दको प्रयोग गरी अपमानित गर्नेलाई कारबाही गर्न सरकारसँग माग गरेको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै रास्वपा कार्यवाहक प्रवक्ता मनीष झाले कारबाहीको माग गरेका हुन् ।
यसअघि पुस ६ गते सकिएको एनपीएलको क्रममा भएको अभद्र घटनाप्रति रास्वपाको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै झाले भनेका छन्, ’घटनामा उद्दण्ड समूहका व्यक्तिहरूले जनकपुर बोल्ट्सका समर्थकलाई रड तथा अन्य हातहतियार समेतको प्रयोग गरी कुटपिट गरी घाइते बनाउनुका साथै सामाजिक सञ्जालमार्फत नश्लीय तथा रंगभेदी शब्दहरूको प्रयोग गरी अपमानित गरिएको हुनाले दोषीलाई कानुनबमोजिम कारबाही गरियो भनी उनले भने ।
पुस ६ गते जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीचको अन्तिम खेलपछि एक दर्शकमाथि कुटपिट गरिएको थियो भने खेल चलिरहँदा खासगरी जनकपुर बोल्ट्सका खेलाडी र समर्थकहरूलाई अपशब्द प्रयोग गरी अपमानित गरेका थिए । अहिले यसको चौतर्फी विरोध भइरहेको छ ।


0 comment