काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यवाहक सभापतिमा डोलप्रसाद अर्याल (डिपी) अर्याल चयन हुनुभएको छ । 

उपसभापति अर्याललाई आज बसेको सचिवालय बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी तोकेको प्रवक्ता मनिष झाले सक्रियन्यूजलाई जानकारी दिनुभयो । 

रास्वपाको विधानमा ज्येष्ठ उपसभापति वा पार्टी सभापतिले तोकेको उपसभापति कार्यवाहक सभापति बन्ने व्यवस्था भएबमोजिम सभापति रवि लामिछानेले अर्याललाई कार्यवाहक बनाउने सिफारिस गर्नुभएको थियो ।