काठमाडौं - गृहमन्त्री रमेश लेखकले देशको कानुन अनुसार सबैमाथि समान रूपमा व्यवहार गरिने दोहोर्याउँदै आपराधिक गतिविधिमा संलग्न जोकोहीलाई कारबाही गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
चितवनमा आज पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले सहकारी ठगीका सबै आरोपितलाई कानुनको दायरमा ल्याइने बताउनुभयो । सहकारी ठग्नेहरू उपर निष्पक्षतापूर्वक छानबिन गरिने तथा दोषीमाथि कारबाही हुने उहाँले बताउनुभयो ।
फरक प्रसङ्गमा गृहमन्त्री लेखकले वर्तमान सरकार परिवर्तन नहुने र मन्त्री पनि हेरफेर नहुने बताउनुभयो । वर्तमान समीकरण २०८४ सालसम्म रहने बताउनुभयो ।


0 comment