काठमाडौं - नेपाली काँग्रेसले गण्डकीमा रिक्त सांसदमा सुनिता थापालाई पठाउने निर्णय गरेको छ ।
सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा आज बसेको कार्यसम्पादन समितिले बैठकले समानुपातिकको बन्द सूचीमा रहनुभएकी थापालाई सांसद बनाउने निर्णय गरेको हो ।
काँग्रेस सांसद विमला गौचनको निधन भएपछि अर्को व्यक्तिलाई सांसद बनाइएको हो । समानुपातिक सूचीमा गौचन पछि रहेकी स्याङ्जाकी थापालाई सांसद बनाउने निर्णय बैठकले अनुमोदन गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनुभयो ।


0 comment