टंक के.सी
ईशापूर्व ६२३ मा नेपालको लुम्विनीमा जन्मेर भारतको बोदगयामा बुद्धत्व प्राप्त गर्नु भएका शाक्यमुनि गौतम बुद्धको सन्देश विश्वका विभिन्न मुलुकहरुमा फैलन पुग्यो । ईशापूर्वको छैटोँ शताब्दी नेपालमा नेपाल र भारतबाट बुद्धधर्म प्रचार सुरु भई ईशाको बीसौँ शताब्दी सम्ममा युरोप –अमेरिकातिर समेत फैलन सफल भयो । 

ईशापूर्वको प्रथम शताब्दीमा गौतम बुद्धको प्रभाव काश्मिरबाट अफगानिस्तान तिर अगाडि बढ्यो । ईशापूर्वक तेस्रो शताब्दीमा श्रीलंकामा बुद्ध धर्म र वहांको अमूल्य सन्देश प्रचार भयो । जहाँ बुद्धको दांतको अवशेष रहेको बताइन्छ । क्याण्डीको डालाड मालिगावा नामक पुरानो मन्दिर र त्यहाँको विभिन्न भागमा छरिएर रहेका बौद्ध मठ मन्दिर हिनयानी वा थेरवादी भिक्षुहरुको केन्द्रको रुपमा अझ सम्म रहेको पाइन्छ । 

विश्व इतिहासमा बुद्ध एकमात्र यस्ता दुरदर्शी प्रकाशका पुञ्ज हुन् । जसले अहिंसाको माध्यमबाट  विश्व शान्तिको बाटोमा देखाए । बुद्धले अणु बमको आविष्कारलाई चुनौती दिदै शान्ति सन्देशको अविष्कारलाई  विश्वमा फिजाए । त्यसैले बुद्धको देश नेपाल पृथ्वीको एउटा भूभाग मात्र नभएर कल्याण र विश्व शान्ति  विश्व एकताका निम्ति आधार भूमि भएको कुरा सगौरव मान्न सकिन्छ । १९४५ अप्रिल १४ मा संयुक्त राष्ट्रसंघको जन्म भएपछि बुद्धको सत्य ,प्रेम र अहिंसाको सन्देश सो सघंको विश्व शान्तिको लक्ष्यसगँ जोडिन पुग्यो । जसले बुद्ध धर्मलाई बुझी सकेको छ । उसले राम्ररी चिने हिड्ने प्रत्यन गर्नेछ र सबैले धर्मालम्वीहरुलाई कुदुष्टि,घृणा ,तुच्छताले हेर्दैन । बरु उस प्रति मैत्री भाव राख्छ । धर्मनिपैेक्षतालाई मान्यता दिन्छ । दया, अनुकम्पा र सुख समृद्धिको भावनाले आफूलाई ओतप्रोत गर्दछ । सांसारिक दुःखको दलदलबाट छुटकारा लिन चाहन्छ र सबैमा प्यार गर्छ । उ अर्कालाई गाली, गलौच, अपशब्द गर्दैन चित्त दुखाउदैन । अरुलाई अहित , अपवित्र, कलुशित भाव चिताउदैन । त्यो नै बुद्ध धर्मको आदृश र सच्चारुप हो । बुद्ध धर्मको दुःखबाट सुख प्राप्त गर्नका लागी अनुशासनहीन मनलाई नियन्त्रण गर्ने पद्धति हो । यसलाई चिन्तन मनन् गरे स्वत ःभावनात्मक अज्ञानता र त्यसले ल्याउने दुःखबाट मुक्त हुन्छौ । 

यदि आफनो मन चिन्न सकिएन भने त्यो भ्रमले वास्तविकतालाई हेर्न दृष्टिकोणबाट अवरोध आउँछ । मनमा गडेको गलत धारणा र दोषपूर्ण अध्याले जरा गाड्यो भने जीवनभरमात्यसबाट पिडा र विसंगतिमा रुमालिन पुगिन्छ ।जब मानिसले शान्त ,धैर्यता र सैयमित बन्न सक्छ ,तब मात्र उसले आफूमाथि विजय प्राप्त गर्छ । मानवताको अर्थ नै अरुमाथि रक्षा गरीदया ,माया, करुणाको साथै अन्याय नगर्नु हो । बुद्धले भनेकै थिए रे–मलाई मान्नु पर्दैन ,मेरो कुरा नै ठीक छ भन्ने  पनि हैन ,आफूले अनुभव गरेर ठिक वा बेठीक कुनहो भनी छुट्याउने गर्नु ,म त एउटा बाटो देखाउने मात्र हो ,हिड्ने नहिड्ने त तपाईहरु नै हो ,। यस्तै वहाँको ३ महत्वपूर्ण तत्व छन् । ती हुन्–शील ,प्रज्ञा र समादि । शील भन्नाले नैतिकत्ता, प्रज्ञा भन्नाले बाटो र समाधि एउटा लक्ष्य भन्ने अर्थ जनाउँछ । सधै कुशल कर्तव्य गरी शुद्ध मिठो बचन बोल्नु समाजमा कल्याणकारी भावना राखी जिउन नै उत्तम मार्ग मानिन्छ ।

बुद्धले नचोर्नु,अरुलाई नढाट्नु, चुक्ली नलगाउनु, दुःख नदिनु भन्ने सन्देश दिएको छ । जस्तो अमूल्य सन्देश आफनो र अरुको हितको निम्ति पनि अंगाल्नुपर्ने उत्तम ज्ञान मार्गह हुन् र मैत्री करुणा र शान्तिको सन्देश बुद्धको सर्वोच्च विचार हुन्र आजको परिस्थित आपसी कहल,झगडा तनावबाट मुक्त हुनुलाई बुद्धको सन्देशले मार्ग प्रशस्त गरी दिएको छ । बद्धको त्याग,कष्ट। द्य?खबाट उपलब्ध ,ज्ञानले सारालाई फलिफाप भएको पाईन्छ । कसैलाई ठूलो सानो त्यो सम्प्रदायको राम्रो नराम्रो भन्ने नीच भावना परित्याग गरी सबै एकै समान हौ,भन्ने उच्च विचार र धारणको विकास गर्नु यस धर्मको  अर्को विशेषता हो । मानिसले आफूलाई चिनेर ठीकलाई ठिक र बेठीकलाई बेठिक भन्नु तर झुट कैले नबोल्नु ,नसोच्नु बुद्ध धर्मको  दर्शन हो । त्यसैले हामीले आजैदेखि यी माथि उल्लेखित् सन्देशहरुलाई पालन ,मनन् गरेर जिउन सके आजको सन्दर्भमा समाजको निर्माण हुने थियो भन्ने कुरा अवश्य दुईमत नहोला ।