काठमाडौं - यो साता कारोबारको पहिलो दिन घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज भने दोहोरो अङ्कको सुधार देखिएको छ । 

नेप्से परिसूचक आज १५.८३ अङ्कले बढेर दुई हजार ६ सय ८३.२४ को विन्दुमा कायम भएको हो ।

आज तीन सय ९ कम्पनीको एक करोड २२ लाख ६३ हजार सात सय ८० कित्ता शेयर ६५ हजार आठ सय २४ पटक किनबेच हुँदा ६ अर्ब ३४ करोड ५८ लाख ९ हजार पाँच सय ९७ बराबरको कारोबार भएको छ । 

उत्पादन तथा प्रशोधन समूह ०.२३ र म्युचुअल फन्ड ०.३२ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । 

सबैभन्दा धेरै वित्त समूह दुई.२७ प्रतिशतले बढेको छ । बैङ्किङ ०.११, विकास बैङ्क १.२१, होटल तथा पर्यटन १.२४, जलविद्युत् ०.४४ र लगानी समूह १.०५ प्रतिशतले बढेका छन् । 

त्यस्तै, जीवन बीमा ०.२३, लघुवित्त ०.१९, निर्जीवन बीमा १.२७, व्यापार ०.०९ र अन्य समूह १.६८ प्रतिशतले बढेको छ । बेस्ट फाइनान्स कम्पनी लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै ९.९१ प्रतिशतले बढेको छ । 

सबैभन्दा धेरै घट्नेमा भने ङादी ग्रुप पावर लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । 

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै ङादी ग्रुप पावर लिमिटेडको ५४ करोड सात लाख ५० हजार ६ सय ७८ बराबरको १० लाख ७७ हजार ६ सय ८५ कित्ता शेयर किनबेच भएको छ ।