काठमाडौं — युवा साथीहरु, बुद्धिजिवी साथीहरु, देशभक्तहरु, जनजातिहरु, महिलाहरु, मजदुर किसानहरुको साथ लिएर एकचोटी एकीकृत जनक्रान्तिलाई ०८४ मा प्रयोग गर्ने चाहना भएको नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले बताएका छन । यो भनाइले आगामी २०८४ को चुनावमा भाग नेपाल कम्युनिष्ट पार्टीले भाग लिने संकेत देखिन्छ । पार्टीको ११औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै भने चन्दले आगामी चुनावमा भाग लिन सक्ने निर्णय हुन सक्छ ।
‘६ हजार वार्डमा चुनाव लड्नेछौं । ७५३ पालिकामा चुनाव लड्नेछौं, १६५ मा चुनाव लड्नेछौं’, चन्दले भने, ‘ ’आफ्नो पार्टीलाई चुनावमा भाग लिने सुझाव समेत आएको उनले बताएका छन । ‘हामीलाई सुझाव पनि आएको छ, तपाईँहरुले बन्दूकको कुरा मात्र गरेर हुँदैन, तपाईंहरुले युद्धको कुरा मात्रै गरेर हुँदैन, हामीलाई भाग लिन दिनुस् भन्ने मध्यम वर्गका साथीहरुको अनुरोध छ’, चन्दको भनाइ थियो ।
नेकपाले सबै मोर्चाबाट संघर्ष गर्छ, आउदो ८४ मा सरकार यदि प्रतिस्पर्धा गर्न चाहन्छ भने तीन बुँदेलाई लागू गरोस्, हामीले भनेका छौं’, उनले भने । विशेषगरी प्रधानमन्त्री केपी शर्मा ओलीसँग चन्दले तीन बुँदे कार्यान्वयनको माग गरेका छन । ओली प्रधानमन्त्री हुँदा नै तीन बुँदे सहमति भएकाले कार्यान्वयन गर्न पनि उनले जोडदार माग गरेका छन ।
तर तीन बुँदे सहमति बिपरीत आफ्ना कार्यकर्ताहरुविरुद्ध मुद्दा चलिरहेको उनको भनाइ थियो । यदि मुद्दा फिर्ता लिएर तीन बुँदे कार्यान्वयन गर्ने हो भने पार्टीले सबै चुनावमा भाग लिने चन्दको भनाइ छ ।
हाम्रो पार्टीले के निर्णय गरेको छ भने तीन बूँदेलाई इमान्दारीपूर्वक लागू गरिन्छ भने हामी यो ०८४ मा सबै पार्टीसँग प्रतिस्पर्धा गर्न तयार छौं’, चन्दले भने । माओवादीको सशस्त्र राजनीतिमा सामेल भएका चन्दले कुनैपनि संसदीय चुनावमा भाग लिएका छैनन् । जबकी ०६४ सालको पहिलो संविधान सभामा माओवादी पहिलो राजनीतिक शक्ति बनेको थियो भने पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएका थिए । संसदीय अभ्यासप्रति माओवादी भित्रै चन्दले असहमति जनाएर विद्रोह रोजेका थिए ।
संविधान सभाबाट संविधान र सेना समायोजन हुँदै शान्तिपूर्ण संसदीय प्रणाली भन्ने प्रचण्ड नेतृत्वको माओवादीप्रति असहमति जनाउँदै ०६९ मा मोहन वैद्यले पार्टी फुटाउँदा चन्दले पनि साथ दिएका थिए । वैद्य नेतृत्वकै शक्तिले ०७० को दोस्रो संविधान सभाको चुनाव बिथोल्ने प्रयास गरेको थियो । तर वैद्य नेतृत्वको पार्टीमा पनि असहमति जनाउँदै चन्दले ०७१ मा आफ्नै नेतृत्वको पार्टी घोषणा गरेका थिए । एकीकृत जनक्रान्तिको घोषणा सहित उनी नेतृत्वको पार्टीले गरेको गतिविधिलाई तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सरकारले प्रतिबन्ध समेत लगाएको थियो । त्यस क्रममा १५ जना कार्यकर्ताको ज्यान नै गएको थियो । यसपछि २०७७ फागुन २१ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग तीन बुँदे सहमति गरेपछि चन्द शान्तिपूर्ण राजनीतिक गतिविधिमा आएका हुन ।
अप्रत्यक्ष रुपले उम्मेदवार उठाउने अथवा अरु कुनै दललाई समर्थन गर्ने नीति लिदै आएको छ । तर यदि तीन बुँदे कार्यान्वयन भए आगामी चुनावमा भाग लिन सक्ने चन्दले सार्वजनिक सन्देश दिएका हुन ।
0 comment