काठमाडौं - देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा भारत उत्तर प्रदेशको तल्लो वायुमण्डलमा कमजोर निम्न चापीय प्रणाली रहेको छ ।

हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक- दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भागका एक- दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यसैगरी, आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।

कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक- दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी एवं हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
 
काठमाडौं उपत्यकाको अहिलेको न्यूनतम तापक्रम ९ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ । आज उपत्यकाको अधिकतम तापक्रम २१ देखि २३ डिग्री सेल्सियसका बीच रहने विभागले जनाएको छ ।