काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकी खर्बपति व्यवसायी एलन मस्कबीच भर्चुअल संवाद भएको छ ।

शुक्रबार साँझ प्रधानमन्त्री ओली र स्पेश एक्स कम्पनीका मालिक मस्कबीच भर्चुअल संवाद भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले मस्कलाई ‘डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसियन्सी’ (डीओजीई) को प्रमुख पदमा नियुक्त गर्नुभएको छ ।