काठमाडौं - सुनसरीको बराहक्षेत्र नगरपालिकाको सप्तकोसी नदी किनारमा एक महिला र एक पुरुषको शव भेटिएको छ । सप्तकोसीमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको प्रहरी निरीक्षक विकास राइले जानकारी दिए।

उनका अनुसार इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी परिचालन गरि शवको परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाइको छ । उनले महिलाको शव बराहक्षेत्र- ९ मा र पुरुषको शव बराहक्षेत्र- १ को सप्तकोशी किनारामा भेटिएको बताए । 

महिलाको शव सडेगलेको अवस्था फेला पारिएको प्रहरी निरीक्षक राईले बताए । पुरुषको शव भने आफन्तले चिन्न सक्ने अवस्थामा रहेको उनको भनाइ छ।