काठमाडौं - सभामुख देवराज घिमिरे आज कम्बोडिया जाँदै हुनुहुन्छ ।

सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसदको ११ औं सम्मेलन (आईपीटीपी) मा सहभागी हुन घिमिरे कम्बोडिया जान लाग्नुभएको हो ।

कम्बोडियाको नोम पेन्ह सहरमा नोभेम्बर भोलिदेखी मंसिर १० गतेसम्म सम्मेलन हुँदैछ । सभामुख घिमिरे ११ गते स्वदेश फर्कने कार्यक्रम छ ।

ग्लोबल काउन्सिल फर टोलरेन्स एन्ड पिसले विभिन्न मुलुकका सांसदबीच अन्तर्क्रियाका लागि सन् २०१७ देखि सम्मेलनको आयोजना गर्दै आएको छ ।