काठमाडौं - पूर्व राजा ज्ञानेन्द्र शाह धार्मिक यात्राका लागि विभिन्न मन्दिरहरुको दर्शन गरिरहेका छन् । 

राजसंस्थाको आस्था धर्मसँग जोडिने विश्वास गरिन्छ । विशेषगरी राजसंस्थाको अस्था हिन्दु धर्मसँग निकट रहेको मानिन्छ । पूर्व राजाले पूजा अराधना कार्यक्रमको सन्दर्भमा जनतालाई भेटघाटको गर्ने उनीहरुका गुनासाहरु सुन्ने गरेको पनि पाइन्छ । 

यसै सन्दर्भमा शुक्रबार पूर्व राजा ज्ञानेन्द्र लुम्बिनी जाने भएका हुन् । लुम्बिनीमा आयोजित एक पूजा कार्यक्रममा सहभागी हुन राजा त्यसतर्फ जाने पूर्व राजा शाहको संवाद सचिवालयले जानकारी दिएको छ । 

शुक्रबार बुद्धको जन्मस्थल लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजा कार्यक्रममा भव्यताका साथ हुन गइरहेको छ । त्यही कार्यक्रममा सरिक हुन राजा जान लाग्नु भएको संवाद सचिव डा फणीराज पाठकले जानकारी दिएका छन् ।