काठमाडौं — सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसदको ११ औं सम्मेलन (आइपिटिपी) मा सहभागी हुन सभामुख देवराज घिमिरे मंसिर ७ गते कम्बोडिया जादैछन । कम्बोडियाको नोम पेन्ह सहरमा नोभेम्बर २३ देखि २६ सम्म (आइपिटिपी सम्मेलन हुन लागेको समाचार स्रोतले बतायो । 
संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार सभामुख घिमिरे ७ गते गएर ११ गते फर्कने कार्यक्रम रहेको छ । ग्लोबल काउन्सिल फर टोलरेन्स एन्ड पिसले विभिन्न मुलुकका सांसदबीच अन्तरक्रिया कार्यक्रमका लागि सन् २०१७ देखि यस्तो सम्मेलन आयोजना हुँदै आएको छ । 
सम्मेलनमा एक सय भन्दा बढी देशका जनप्रतिनिधि सहभागी हुने बताइएको छ ।