काठमाडौँ — दुई वटा संसदीय समितिको बैठक आज बस्ने भएको छ । जस अनुसार विधायन, व्यवस्थापन समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ मा दफावार छलफल हुने बताइएको छ । त्यस्तै बिहान साढे ११ बजे बस्ने सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा स्थलगत अनुगमनको प्रतिवेदनको मस्यौदा उपर छलफल हुने बताइएको छ । अर्थ समितिको बैठक पनि बस्ने भनिएको थियो तर स्थगित गरिएको छ । बैठकमा समितिमा प्राप्त बिधेयकहरुमाथिको कार्यवाहीको लागि प्राथमिकता र कार्ययोजना सम्बन्धमा छलफल गर्ने तयारी रहेको स्रोतले बताएको छ ।