काठमाडौं - स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवारी दिएकाहरुमाथी आज उजुरी दिने समय तोकिएको छ ।
उम्मेदवारको विरोधमा आज बिहान १० देखी दिउँसो ३ बजेसम्म उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ ।
भोलि उम्मेदवारको मनोनयन र उजुरी उपर जाँचबुझ गरी नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ ।
यस्तै, पर्सि मङ्सिर ५ गते उम्मेदवारको नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र अपरान्ह ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने आयोगको तालिका रहेको रहेको छ ।
0 comment