काठमाडौं - रास्वपाका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।

काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संंस्थाको रकम अपचलन सम्बन्धि उजुरीमाथि अनुसन्धान गर्न प्रहरीले अदालत समक्ष पक्राउ गर्न अनुमति मागेको थियो । 

प्रहरीले आजै पक्राउ अनुमति मागेको र अदालतले पनि पक्राउ अनुमति दिएको जिल्ला अदालतका एकजना अधिकारीले दिएका छन ।

यसैगरी लामिछानेसहित पूर्व डिआईजी छविलाल जोशीलाई पनि जिल्ला अदालत काठमाडौंले पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको छ ।

लामिछाने र जोशी दुबै जना अहिले सहकारीको रकम अपचलन सम्बन्धी अनुसन्धानको क्रममा कास्की प्रहरीको हिरासतमा छन । 

दुबै जनालाई रुपन्देही जिल्ला अदालतले पनि बयान लिएको थियो ।