काठमाडौं । 
मेडिकल व्यवसायी दुर्गा प्रसाईले मंसिर ७ गते राजधानीमा केन्द्रित वृहत आन्दोलन गर्ने भनिएको छ । सोही दिन नेकपा एमालेले पनि राजधानीमा शक्ति प्रदर्शन गर्ने तयारी गरेको छ ।
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (एमाले) का पोलिटब्युरो सदस्य एवं भक्तपुरका इन्चार्ज महेश बस्नेतका अनुसार राजधानीको भृकुटीमण्डपमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा शक्ति प्रदर्शन गर्ने भएको हो । 
बुधबार भक्तपुरको सूर्यविनायकमा पार्टी नगर कमिटीको दोस्रो अधिवेशनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बस्नेतले उक्त शक्ति प्रदर्शनमा उपत्यकाका तीनै जिल्लाका नेता तथा कार्यकर्ताहरूको व्यापक उपस्थिति रहने बस्नेतले सुतिरहेको बाघलाई साना जनावरहरूले चुनौती दिने गरेको उदाहरण दिँदै एमालेको शक्ति प्रदर्शन ती विरोधी गतिविधिहरूको जवाफका लागि हुने बताएका छन् । कार्यक्रममा प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गर्ने जानकारी पनि उनले नेता बस्नेतले गराए ।