काठमाडौँ । ज्यान मार्ने उद्योगमा दोषी ठहर भएका गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे काठमाडौँबाट पक्राउ परेका छन् । प्रहरी स्रोतका अनुसार उनी काठमाडौँको सानोभर्याङबाट पक्राउ परेका हुन् । मनाङेले सामाजिक सञ्जालमा विज्ञप्ती जारी गर्दै सर्वोच्च अदालतबाट फैसलाको पूर्णपाठ आएपछि अदालतमा आफैँ उपस्थित हुने बताएका थिए ।
कात्तिक २० गते सर्वोच्च अदालतले गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको थियो । न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुङ्गानाको इजलासले मगलबार गण्डकी प्रदेशका पूर्वमन्त्रीसमेत रहेका मनाङेलाई ज्यान मार्ने उद्योगमा तत्कालीन पुनरावेदन अदालत पाटनको फैसलालाई सदर गर्दै दोषी ठहर गरेको हो ।
0 comment