काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङसँग ६ बुँदे स्पष्टीकरण माग गरेको छ ।
सरकारले यसअघि कात्तिक १३ गते पनि घिसिङसँग १५ बुँदे स्पष्टीकरण माग गरेको थियो । त्यसको जवाफ कुलमानले नपठाएपछि मन्त्रालयले पुनः स्पष्टीकरण माग गरेको बताएको हो ।
अहिलेको स्पष्टीकरणमा पहिलेको जवाफ किन समयमा नपठाएको, डेडिकेटेड र ट्रंकलाइनको महसुल किन समयमै नउठाएको, मन्त्रालय मातहतको निकाय भए पनि सबै जानकारी किन माथि नदिएको जस्ता विषय समेटिएको मन्त्रालयले जनाएको छ ।
0 comment