काठमाडौं - सरकारले लाल आयोगको प्रतिवेदन सार्वजनिक गरेको छ ।
विद्युत महशुल बक्यौता उठाउने सम्बन्धि सो प्रतिवेदन आज उर्जा तथा जलश्रोत मन्त्रालयले सार्वजनिक गरेको हो ।
हिजो मात्र मन्त्रिपरिषदको बैठकले सो प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको थियो ।
उद्योगहरुमा डेडिकेटेड ट्रंक लाइनको बक्यौता रकम असुल गर्ने विषय सरकार र उद्योगी दुबैका लागि पछिल्लो समय पेचिलो बन्दै गएपछि लामो समय पछि लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निधो सरकारले गरेको हो ।
0 comment