काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी भारतमा उत्पादन र परीक्षण भएको सिकलसेलको औषधि ल्याएर नेपालका बिरामीलाई  वितरण गर्ने बताउनुभएको छ ।
नेपालको थारु समुदायमा यो रोग बढी लाग्ने गरेको पाईन्छ ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान,धरानको १३ औं दीक्षान्त समारोहमा प्रधानमन्त्री ओलीले संसारमा खोज र अनुसन्धानबाट पत्ता नलाग्ने र इमानदार तथा लगनशील भएर काम गरेमा सफलता प्राप्त हुने भएकोले उत्पादित नयाँ चिकित्सकहरुलाई क्स्क्स सिकलसेलको औषधि वितरण गर्न तयार हुनुपर्ने बताउनुभएको हो ।

उहाँले नेपालको यही धर्तीबाट ऋषि चरकले स्वास्थ विज्ञानको थालनी गरेको सन्दर्भ उल्लेख गर्दै सकभर निरोगी हुने र बिरामी भए सुलभरूपमा उपचार पद्धतिका लागि सरकारले ध्यान दिएको जनाउनुभयो ।

प्रधानमन्त्री ओलीले नेपालका स्वास्थ सस्थामा चिकित्सक विद्यार्थीको कोटा थप्न,यस क्षेत्रलाई प्रभावकारी र सुशासनयुक्त बनाउन सरकार प्रतिबद्ध रहेको स्पष्ट गर्नुभयो ।
समारोहमा ६ सय ५७ विद्यार्थी दीक्षित भएका छन् ।