काठमाडौं - मधेस प्रदेशका सात स्थानमा आगामी मङ्सिर १६ गते उपनिर्वाचन हुने भएको छ । 

सप्तरी, धनुषा, महोत्तरी, रौतहटका सात स्थानमा निर्वाचन हुन लागेको हो । 

सप्तरीको डाक्नेश्वरी नगरपालिका- १ र ४ , धनुषाको धनुषाधाम नगरपालिका- १, महोत्तरीको रामगोपालपुर नगरपालिका- २, रौतहटको ईशनाथ नगरपालिका- ७, रौतहटको राजपुर नगरपालिका- ६  र बाराको गढीमाई नगरपालिका- ८ मा  निर्वाचन हुनेछ ।