काठमाडौं - कतार एयरवेजले भोलिदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक उडान गर्ने भएको छ।
कतारले हप्तामा सातै दिन उडान गर्ने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
हाल यो एयरवेजले कतार- काठमाडौँ दैनिक ३ वटा उडान गर्दै आएको छ। भोलि मङ्गलबारबाट दोहा- भैरहवा- काठमाडौँ - दोहा उडान गर्ने प्राधिकरणले जनाएको छ।
कतार एयरवेजसँगै भैरहवामा नियमित अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवाको सङ्ख्या ५ पुगेको छ।
0 comment