काठमाडौं - विराटनगरको निवासबाट पक्राउ पर्नुभएका कोशी प्रदेशका पूर्वमन्त्री एवं एमाले सांसद लिलाबल्लभ अधिकारीलाई काठमाडौँ ल्याइएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँको अनुरोधमा अधिकारीलाई हेलिकप्टर मार्फत काठमाडौँ ल्याइएको प्रहरीले जनाएको छ ।

कोशी प्रदेशका तत्कालीन आन्तरिक मामिलामन्त्री अधिकारीलाई मानव तस्करीको आरोपमा कोशी प्रदेश प्रहरीले पक्राउ गरि काठमाडौँ पठाएको हो।