काठमाडौं - प्रहरीले कोशी प्रदेशका पूर्वमन्त्री एवं एमाले सांसद लिलाबल्लभ अधिकारीलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंको अनुरोधमा पक्राउ गरिएको र उहाँलाई काठमाडौं पठाउने तयारी भइरहेको कोशी प्रहरीले जनाएको छ ।
कोशी प्रदेशका तत्कालीन आन्तरिक मामिलामन्त्री अधिकारीलाई मानव तस्करीको आरोप लागेको छ ।
तस्करीको आरोप लागेपछि उहाँले केहीदिन अघि मात्रै मन्त्री पदबाट राजीनामा दिनुभएको थियो ।
0 comment