काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि भन्दै पछिल्लो पटक थप गरिएको समय आज सकिएको छ ।

म्याद सकिएसँगै लामिछानेलाई आजै पुनअदालतमा उपस्थित गराउन लागिएको छ ।अनुसन्धानका लागि अदालतले प्रहरीलाई गत कात्तिक २० गते १० दिनको म्याद थप गरेको थियो ।  

लामिछानेविरुद्ध सहकारीको रकम अपचलन, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधको मुद्दा रहेको छ । लामिछाने पक्राउ परेपछि आन्दोलन गर्दै आएको रास्वपाले आज पनि पोखरामा प्रदर्शन गर्ने जनाएको छ ।