काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीले दोस्रो चरणको आन्दोलन गर्ने निर्णय गरेको छ ।
आज पार्टी कार्यालय बालाजुमा बसेको पार्टीको केन्द्रीय समितिको बैठकले सो निर्णय गरेको सो पार्टीले जनाएको छ ।
भ्रष्टाचारको विरुद्ध, सहकारी पीडित, लघुवित्त एवं मिटर ब्याज पीडितका समस्या समाधान, विदेशमा रहेका नेपाली युवाहरूको मुलुक निर्माणमा सहभागिता र संविधान संशोधनसँग सम्बन्धित राष्ट्रिय राजनीतिका बिषयमा केन्द्रित रही आन्दोलन गर्ने जनाएको छ ।
आम नागरिकहरू र राष्ट्रिय हितका शक्तिहरूसंग सहकार्य गर्दै दोस्रो चरणको आन्दोलन गर्ने निर्णय रास्वपाको बैठकले गरेको छ ।
0 comment