काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले परिणामुखी काम गर्नका लागि आफू प्रतिबद्ध भएर लागिरहेको बताउनुभएको छ ।
नेपाली काँग्रेस शुक्लागण्डकी नगरसमितिले आज तनहुँमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उहाँले आफूले सय दिनसम्म मन्त्रालयबारे बुझ्न लागेको र अब परिणाममुखी काम गर्ने गरी खटिरहेको बताउनुभएको हो ।
मन्त्री पौडेलले आधारभूत विषयलाई समेटेर योजना बनाएको र अब त्यसलाई सूक्ष्म ढङ्गबाट कार्यान्वयन गर्ने तर्फ अगाडि बढेको बताउनुभयो ।
एकैपटक अनुभूति हुने गरी परिणाम ल्याउन गाह्रो रहे पनि जनताको हितमा हुने गरी सरकारले काम गर्ने उहाँको भनाइ थियो ।
अर्को प्रसङ्गमा मन्त्री पौडेलले पूराना पार्टीलाई गाली गरेर नयाँ हुन नसकिने जिकिर गर्नुभयो । उहाँले नेपालको राजनीतिमा सिद्धान्त र त्यसलाई कार्यान्वयन गर्ने स्रोत तथा व्यवहार बीचमा तालमेल नमिल्दा समस्या भइरहेको धारणा राख्नुभयो ।
0 comment