काठमाडौं - सुर्खेत-दैलेख सडकखण्डको रानीमत्तामा फोर्स गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।
दैलेखबाट सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०९९८ नम्बरको फोर्स गाडी तीव्रगतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ।
दुर्घटनामा २५ जना घाइते भएका छन । घाइतेलाई उपचारका लागि प्रदेश अस्पताल कालागाउँ सुर्खेत लगिएको छ ।
दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।
0 comment