काठमाडौं - संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश नृपध्वज निरौला र नित्यानन्द पाण्डेको नाम सर्वसम्मत अनुमोदन गरेको छ ।

गत असोज ११ मा बसेको न्याय परिषद बैठकले उहाँहरूलाई सर्वोच्च अदालतमा न्यायाधीश नियुक्त गर्न सिफारिस गरेको थियो ।

सुनुवाइ समितिले नाम अनुमोदन गरिसकेकाले अब राष्ट्रपतिबाट नियुक्ति भएपनि पदमा बहाल गर्नेछन् ।

निरौला २५ माघ, २०९३ सम्म सर्वोच्च अदालतको न्यायाधीश हुनुहुनेछ। न्यायाधीश पाण्डे भने १४ फागुन, २०८७ सम्म सर्वोच्च अदालतको न्यायाधीश रहनुहुने छ ।

सर्वोच्च अदालतमा अझै चार न्यायाधीशको पदपूर्ति हुन बाँकी छ ।