काठमाडौं - प्युठानमा मोटरसाइकलको ठक्करबाट तीन महिनाको शिशुको मृत्यु भएको छ । 
    
ऐरावती गाउँपालिका-४ कैरनबाट प्युठान नगरपालिका- १ चेरनेटातर्फ आउँदै गरेको प्रदेश ०३- ००७ प ३३०७ नं को मोटरसाइकलले हिजो साँझ ठक्कर दिँदा मल्लरानी गाउँपालिका- ५ धुदी बस्ने सुजल भण्डारीको तीन महिनाको छोरा श्रीजल भण्डारीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक केशव केसीले जानकारी दिनुभयो । 
    
शिशुलाई हजुरआमा नाता पर्ने ४५ वर्षीया नारायणी कुँवरले बोकेको र ठक्कर दिँदा साथमा बोकेको नाति खस्न गई घाइते भएका थिए । 

घाइते शिशुको जिल्ला अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक प्युठान नगरपालिका- १ चेरनेटा बस्ने २३ वर्षीय विशाल केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।