काठमाडौं - नारायणगढ मुग्लिङ सडकको सत्र किलोमा भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ ।
चितवन मेडिकल कलेजमा उपचार गराइरहेका थप एक जना घाइतेको मृत्यु भएपछि मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको हो ।
चितवन मेडिकल कलेजमा उपचार गराइरहेका विद्युतीय गाडीका चालक चितवन खैरहनी नगरपालिका वडा नम्बर ४ का ४० वर्षीय अनोज अधिकारीको उपचारकै क्रममा मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।
भरतपुर महानगरपालिका वडा नम्बर २९ सत्र किलोमा शुक्रवार बिहान ३ बजे मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको बा.प्र.०६- ००१ज ०२९८ नम्बरको विद्युतीय गाडी र नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको बा. प्र. ०३- ००१ ख २८१२ नम्बरको को बस एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको हो ।
दुर्घटनामा परी मृत्यु हुनेमध्ये तीन जनाको अझै सनाखत हुन सकेको छैन । मृतक एक जना गोरखा आरुघाटका ४० वर्षीय राजबहादुर गुरुङ रहेको प्रहरीले जनाएको छ ।
विद्युतीय सवारी साधनमा सवार गर्ने नाम वतन नखुलेका एक जना घाइतेको अहिले पनि चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । उहाँको अवस्था पनि गम्भीर भएको प्रहरीले जनाएको छ ।
दुर्घटना के कारणले भयो भन्ने अझै यकिन कारण खुल्न नसकेपनि माइक्रोका चालक निदाएको हुनसक्ने प्रहरीको अनुमान छ ।
0 comment