काठमाडौं - सुनसरीस्थित सशस्त्र प्रहरी बल- ४ नम्बर गण र भारतीय सीमा सुरक्षा बल (एसएसबी) को संयुक्त टोलीले सीमास्तम्भको निरीक्षण गरेको छ । 

गत असोज ११ र १२ गतेको बाढीबाट सीमास्तम्भमा क्षति भए नभएको यकिन गर्न संयुक्त टोलीले निरीक्षण गरेको सशस्त्र प्रहरी बल- ४ नम्बर गणका उपरीक्षक समेनन्द बज्राचार्यले बताउनुभयो ।

टोलीले सीमास्तम्भ एक सय ८२ देखि दुई सय ११ नम्बरसम्म निरीक्षण गरेको उहाँले बताउनुभयो ।