काठमाडौं ।
कसैले विश्वास गर्छ आफैले जन्माएको शिशुलाई आमाले झाडीमा फालेर हिडछीन भनेर । यो कुनै कथा होइन सत्य घटना हो । ती शिशु फाल्ने आमा हुन झापा घर भई काठमाडौंमा बस्ने मेनुका धिताल । मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिकामा सार्वजनिक शौचालय नजिकै झाडीमा आफ्नै १० दिने शिशु आमाले फालेकी छन । झाडीमा शिशु फाल्ने आमालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार झापाको अर्जुनधारा नगरपालिका–६ घर भई हाल काठमाडौँ बस्दै आएकी २८ वर्षीया मेनुका धिताललाई नियन्त्रणमा लिएको हो ।
उनले थाहा नगरपालिका धारापानीस्थित दिदीको घरमा आएको बेला आफ्नो १० दिने शिशु (बालक) लाई झाडीमा फालेको स्वीकार गरेको प्रहरीले जनाएको छ । उनलाई प्रहरीले दिदीको घरबाटै नियन्त्रणमा लिएको हो । गत मंगलबार साँझ झाडीबाट शिशु रोएको आवाज आएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरी निरीक्षक सबिन बाबु अर्यालको नेतृत्वको प्रहरी टोलीले घटनास्थलबाट शिशुको उद्धार गरेको हो ।
शिशु फाल्ने महिलाको खोजतलासका क्रममा स्थानीयले दिएको जानकारी अनुसार शिशुकी आमा मेनुका धिताललाई उनको दिदीको घरमा फेला पारेको प्रहरी निरीक्षक अर्यालले जानकारी दिएका छन ।
४ वर्षअघि सवारी दुर्घटनामा श्रीमान् गुमाएकी धितालले फेसबुकबाट चिनजान भएको युवकसँगको सम्बन्धबाट शिशु जन्मिएको स्वीकार गरेकी छन । उनको यसअघि नै २ जना सन्तान छन् भने धितालको बयानको आधारमा युवकको खोजी कार्य थालिएको प्रहरी निरीक्षक अर्यालको भनाई छ ।
0 comment