काठमाडौं - निर्माणाधीन अवस्थामा रहेको धार्के सितापाईला सडकखण्ड भोलिदेखि पन्ध्र दिनको लागी बन्द हुने भएको छ ।
सडकमा बाँकी रहेको स्थानमा भोलिबाट कालोपत्रे सुरु गरिने भएकोले सो सडक बन्द गरिने भएको हो ।
डिभिजन सडक कार्यालय नुवाकोटले सूचना जारी गर्दै अत्यावश्यक सवारीका साधन बिरामी बोकेका एम्बुलेन्स , प्रहरीका सवारी साधनबाहेक सबै सवारी बन्द गरिने भएको जनाइएको छ ।
सो सडक भएर राजधानी प्रवेशका लागी आउने सवारीका साधनहरूलाई वैकल्पिक सडकको प्रयोगका लागी समेत जिल्ला प्रशासन कार्यालय धादिङले अनुरोध गरेको छ ।
काठमाडौँ प्रवेश गर्न वैकल्पिक सडकको रूपमा धार्के- नौबिसे- नाग ढुङ्गा सडक र गल्छी- विदुर- छहरे- टोखा सडक प्रयोग गर्न धादिङका सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले यात्रुहरूलाई आग्रह गर्नु भएको छ ।
0 comment