काठमाडौं - सामाजिक प्लेटफर्म टिकटक नेपालमा आधिकारिक रूपमा दर्ता भएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव गजेन्द्रकुमार ठाकुरले टिकटक नेपालमा आधिकारिक रूपमा दर्ता भइसकेको जानकारी दिनुभएको छन । ’टिकटकले विधि पु¥याएर आएको हुनाले आधिकारिक दर्ता भइसकेको जनाइएको छ ।
टिकटक सामाजिक सञ्जाल व्यवस्थित गर्ने निर्देशिका बमोजिम दर्ता भएको मन्त्रालयका प्रवक्ता ठाकुरको भनाई रहेको छ ।
प्रवक्ता ठाकुरका अनुसार हामीले राखेका सवै सर्तहरू र निर्देशिकाले व्यवस्था गरेका विषयहरूमा सहमत भएको भनेर टिकटकले पत्राचार गर्यो र सोहीबमोजिम दर्ता प्रक्रिया पूरा गरी दर्ता भएको छ ।
टिकटकले कागजात उपलब्ध गराउन कात्तिक तेस्रो सातासम्मको समय मागे पनि कात्तिकको सुरूमै कागजात उपलब्ध गराएको थियो । दुई सय पृष्ठको कागजात अध्ययन गरिसकेपछि दर्ता गरिएको हो ।
टिकटकले नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने सामग्रीहरूमा सहयोग गर्ने, डिजिटल साक्षरताका विषयमा सहयोग गर्ने लगायतका विषयमा नेपाल सरकारले तोकेका सर्तहरू पनि पूरा गर्ने भनेको छ ।
सरकारले गत वर्ष फेसबुक, टिकटकजस्ता सामाजिक सञ्जाल सूचीकृत नगरे बन्द गर्ने निर्देशिका मन्त्रिपरिषदबाट पारित गरेको गर्दै जसअनुसार सूचना जारी गरेको तीन महिना भित्र सूचीकृत हुनुपर्ने व्यवस्था गरेको थियो । तर सरकारले २०८० कात्तिक २७ मा नेपालमा टिकटक बन्द गर्ने निर्णय गरिएको थियो ।
अघिल्लो सरकारले टिकटकमाथि लगाएको प्रतिबन्धबारे नेपाली कांग्रेस, रास्वपा, राप्रपा लगायतका दल र सरोकारवाला व्यक्तिहरूले विरोध जनाएका थिए । टिकटक बन्द भएपछि सामाजिक सञ्जालमा टिकटक बन्दको विरुद्धमा रुवावासी नै चलेको थियो ।
वर्तमान सरकार गठन भएपछि गत भदौ ६ गते मात्रै टिकटक प्रतिबन्ध फुकुवा गर्ने निर्णय भए सँगै आधिकारिक दर्ता गरेर सञ्चालन गर्नको लागि टिकटकले समय माग गरेको थियो । आधिकारिक रूपमा दर्ता भएसँगै सरकारले टिकटकबाट पनि राजस्व उठाउने बाटो खुलेको र नियमन पनि सहज रूपमा गर्न सक्ने मन्त्रालयका प्रवक्ता ठाकुरको भनाइ छ ।
टिकटकको नेपाल हेर्ने कार्यालय सिंगापुरमा रहेको प्रवक्ता ठाकुरले बताउनु भएको छ ।
0 comment